एनपिएल: काठमाडौँद्वारा जनकपुर सामु एक सय दुई रनको लक्ष्य प्रस्तुत

काठमाडाैं | मंसिर २७, २०८१

एनपिएल: काठमाडौँद्वारा जनकपुर सामु एक सय दुई रनको लक्ष्य प्रस्तुत

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्स सामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको हो । 

    
काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

    
काठमाडौँको लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सुात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको छ । 

    
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीनरतीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एकरएक विकेट हात पारे । अहिले जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्